असोज ३० गते २०८३ || October 16, 2026

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति


पिपल अनलाइन
आइतबार, पुस २४ २०७९०३:५४

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति

 काठमाडौँ - यसपटक प्रतिनिधि सभामा आएका नयाँ दुई दलले मोर्चाबन्दी गरेर अगाडी बढ्ने सहमति गरेका छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष डा। सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

दुई दलको सहमतिमा टीकापुर घटनाका बन्दी लगाउत रेशम चौधरीको रिहाइ, यसअघि सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, जनमत पार्टी र नागरिक उन्मुक्तिका आस्थाका बन्दी रिहाईको माग,सँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषय समावेश  छन् ।


  • सम्बन्धित विषय:

  • # जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend