असोज ३० गते २०८३ || October 16, 2026

दमौलीका लामिछानेको अमेरिकामा गोली हानी हत्या


पिपल अनलाइन
आइतबार, पुस २४ २०७९०५:०६

दमौलीका लामिछानेको अमेरिकामा गोली हानी हत्या

काठमाडौँ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ । सन् २०१४ मा डिभी परेर अमेरिका पुगेका तनहुँ, दमौलीका लामिछाने करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका थिए ।लामिछानेका बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । 

५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा केही पर पक्राउ परेका हुन् । सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ । सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ । चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # दमौलीका लामिछानेको अमेरिकामा गोली हानी हत्या
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend