असोज २९ गते २०८३ || October 15, 2026

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त


पिपल अनलाइन
आइतबार, पुस २४ २०७९०५:२०

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर - प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की  नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । 

एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तीका लागि समर्थन दिएका छन् ।  प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुईतिहाई सदस्यको समर्थनमा कार्कीको दावी पेश भएको थियो । सोही अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 


  • सम्बन्धित विषय:

  • # प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend