असोज ३० गते २०८३ || October 16, 2026

प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने


पिपल अनलाइन
सोमबार, पुस २५ २०७९०७:१६

प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाण्डौँ - मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकलाई सबै दलका प्रतिनिधिहरुले सम्बोधन पनि गर्नेछन् ।

अधिवेशन सुरु भएको पहिलो बैठकमा शीर्ष नेताहरुले शुभकामना दिने विगतदेखिकै प्रचलन छ । त्यसअनुसार सोमबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतले शुभकामनासहित आफ्नो धारणा राख्नेछन् ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend