मोरङ - प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङमा आइतबार एक प्रहरीको ज्यान जाने गरी भएको घटनाकाे छानबिन गरी दोषीमाथि कारवाही गरिने बताएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका भवनको उद्घाटनको गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएको हो ।
उनले स्थानीय तहको निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको र निष्पक्ष रुपमा निर्वाचन गराउन सरकारले सहयोग गर्ने बताए।
नेपाल सङ्घीय संरचनामा गएपछि स्थानीय तहलाई अधिकार दिइएको र स्थानीय तहले जनाताको निकट रही काम गर्ने हुँदा जनताको मन जित्ने गरी काम गर्न उनले आग्रह गरे।