असोज ३० गते २०८३ || October 16, 2026

आजको मौसम : चार प्रदेशमा बदली, हिमाली भेगमा हिमपात हुने 


पिपल अनलाइन
सोमबार, पुस २५ २०७९०७:२९

आजको मौसम : चार प्रदेशमा बदली, हिमाली भेगमा हिमपात हुने 

काठमाण्डौँ - देशका चार प्रदेशमा आज आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान छ । ती प्रदेशका हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पहाडी भू–भागमा आंशिक बदली छ । तराईका केही भू–भागमा हुस्सुरकुहिरो लागेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : चार प्रदेशमा बदली, हिमाली भेगमा हिमपात हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend