असोज ३० गते २०८३ || October 16, 2026

भारतको लखनउमा ज्यान गुमाएका तीन नेपालीको परिचय खुल्यो !


पिपल अनलाइन
सोमबार, पुस २५ २०७९१२:४४

भारतको लखनउमा ज्यान गुमाएका तीन नेपालीको परिचय खुल्यो !


काठमाण्डौँ - भारतको लखनउमा भएको दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुलेको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दुर्घटनामा परि तीन नेपालीको ज्यान गएको हो । टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउद, ज्योतिनगरका ललित साउद र निर्मला बोहोराको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले जानकारी दिए । घटनापछि उनीहरुको आफन्तहरु भारत गएका पनि उनले जानकारी दिए । 

अहिलेसम्म पाएको जानकारी अनुसार दुर्घटनामा बस चालक भारतीय नागरिकको पनि ज्यान गएको छ ।  दुर्घटनामा सात जना नेपाली घाइते भएका खबर आएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # भारतको लखनउमा ज्यान गुमाएका तीन नेपालीको परिचय खुल्यो !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend