असोज ३० गते २०८३ || October 16, 2026

'आउँदो पाँच वर्ष नागरिकको विश्वासमा रहेर काम गर्छु' : सभापति देउवा 


पिपल अनलाइन
सोमबार, पुस २५ २०७९०२:३७

'आउँदो पाँच वर्ष नागरिकको विश्वासमा रहेर काम गर्छु' : सभापति देउवा 

काठमाण्डौँ - नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो पाँच वर्षमा नागरिकको विश्वासमा ठेस लाग्न नदिने बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सभापति देउवाले नेपाली कांग्रेस नागरिकको अपेक्षा र पार्टीका कार्यकर्ताको भावनाअनुसार काम गर्ने बताए ।  

सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए । उनले संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी रहेको बताए । 


  • सम्बन्धित विषय:

  • # 'आउँदो पाँच वर्ष नागरिकको विश्वासमा रहेर काम गर्छु' : सभापति देउवा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend