असोज ३० गते २०८३ || October 16, 2026

शालिकराम जम्कट्टेल बने वागमती प्रदेशको मुख्यमन्त्री


पिपल अनलाइन
सोमबार, पुस २५ २०७९०२:४४

शालिकराम जम्कट्टेल बने वागमती प्रदेशको मुख्यमन्त्री

हेटौंडा - वागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

जम्कट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् ।उनलाई एमालेको २७, माओवादी केन्द्रको २१ ,राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सहित ७० जनाको समर्थन छ ।


  • सम्बन्धित विषय:

  • # शालिकराम जम्कट्टेल बने वागमती प्रदेशको मुख्यमन्त्री
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend