असोज ३० गते २०८३ || October 16, 2026

लोसपाले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिने


पिपल अनलाइन
मंगलबार, पुस २६ २०७९१२:३१

लोसपाले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिने

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । सदन बस्नुअघि बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको सांसद शरदसिंह भण्डारीले बताए ।

उनले भने, ‘हामीले यसअघिको बैठकमा नै सबै जिम्मेवारी अध्यक्षज्यूलाई दिएका थियौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि बसेको संसदीय दलको बैठकमा विश्वासको मत दिने निर्णय गर्नुभएको हो ।’ प्रतिनिधिसभामा लोसपााका ४ जना सांसद छन् । पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिनेरनदिने बारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो ।

 


  • सम्बन्धित विषय:

  • # लोसपाले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend