कात्तिक १ गते २०८३ || October 17, 2026

'कुनै पनि बहानामा जनतालाई दुःख दिने कार्य सरकारलाई स्वीकार्य हुँदैन' : प्रधानमन्त्री दाहाल


पिपल अनलाइन
मंगलबार, पुस २६ २०७९०२:१६

'कुनै पनि बहानामा जनतालाई दुःख दिने कार्य सरकारलाई स्वीकार्य हुँदैन' : प्रधानमन्त्री दाहाल

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि बहानामा जनतालाई दुःख दिने कार्य सरकारलाई स्वीकार्य नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री दाहालले कानूनका छिद्र देखाएर जनतालाई दुःख दिने कार्य आफ्नो नेतृत्वको सरकारलाई स्वीकार्य नहुने बताएका हुन् ।“राहदानीको काम, सवारीचालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण अविलम्ब हुनेछ। सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाइने छ,” प्रधानमन्त्री दाहालले भने‚ “कानूनका छिद्र देखाउने, अनेकन झञ्जट देखाएर जनतालाई दुःख दिने कार्य यो सरकारलाई स्वीकार्य हुने छैन ।” उनले राहदानी, सवारीचालक अनुमतिपत्र र राष्ट्रिय परिचयपत्र वितरणमा देखिएको समस्या तत्काल समाधान गरिने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रधानमन्त्री दाहालले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन तथा सीमाको प्रभावकारी व्यवस्थापन गर्ने बताएका छन् । सरकारी पदाधिकारीहरूलाई परराष्ट्र मन्त्रालयको जानकारी विना विदेशी कूटनीतिकसँग भेट्न नदिइने बताएका छन् । यस्तै‚  गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने समेत बताएका छन् । 


  • सम्बन्धित विषय:

  • # 'कुनै पनि बहानामा जनतालाई दुःख दिने कार्य सरकारलाई स्वीकार्य हुँदैन' : प्रधानमन्त्री दाहाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend