असोज ३० गते २०८३ || October 16, 2026

'कांग्रेसले विश्वासको मत दिन्छ तर बलियो प्रतिपक्षी बन्छ' :  देउवा


पिपल अनलाइन
मंगलबार, पुस २६ २०७९०२:३५

'कांग्रेसले विश्वासको मत दिन्छ तर बलियो प्रतिपक्षी बन्छ' :  देउवा

 काठमाडौँ - नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै देउवाले कांग्रेसले संविधानमको रक्षाको लागि विश्वासको मत दिने बताए । साथै कांग्रेस बलियो प्रतिपक्ष रहनेसमेत दाबी गरे । 

बहुदलीय व्यवस्था तथा संसदीय प्रणालीमा सरकारको गुण दोष केलाउन सक्ने बलियो प्रतिपक्षी दलमा आवश्यक हुने भन्दै सभापति देउवाले कांग्रेस सरकारमा सहभागी नभई प्रतिपक्षीमै रहने बताए । पूर्णप्रतिनिधिसभाको कार्यकालको विपरीत एमाले अध्यक्ष केपी ओलीको सम्बोधनप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका देउवाले ओलीको अभिव्यक्तिले संवैधानिक व्यवस्थाप्रति चुनौती थपिएको बताए ।


  • सम्बन्धित विषय:

  • # 'कांग्रेसले विश्वासको मत दिन्छ तर बलियो प्रतिपक्षी बन्छ' :  देउवा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend