असोज ३० गते २०८३ || October 16, 2026

पृथ्वी जयन्तीमा विदा दिएकोमा लिङ्देनले दिए सरकारलाइ धन्यवाद 


पिपल अनलाइन
मंगलबार, पुस २६ २०७९०४:५६

पृथ्वी जयन्तीमा विदा दिएकोमा लिङ्देनले दिए सरकारलाइ धन्यवाद 

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा विदा दिएकामा सरकारलाई धन्यवाद दिएका छन् ।  मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा समर्थन गर्दै अध्यक्ष लिङ्देनले सरकारलाई धन्यवाद दिएका हुन् । ‘राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदाखेरि कसैले पनि हिनताबोध गर्नुपर्दैन, पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने राष्ट्र छ । नेपाल राष्ट्र छ र पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ’ उनले भने । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

अध्यक्ष लिङ्देनले पृथ्वीनारायण शाहले नेपालको नाम र पहिचान दिने काम गरेकाले उयनलाई सम्मान गर्न हिनताबोध गर्नु नपर्ने धारणा राखे । ‘हामीले हाम्रो इतिहासको गौरवशाली दिनहरुको सम्मान गरेर अगाडि बढ्दा पछाडि फर्केको हुँदैन’ उनले भने, ‘पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवश कुनै पार्टीको मात्र हुँदैन, कुनै विचारका मात्र दिवस होइन, हामी सबैको हो ।’


  • सम्बन्धित विषय:

  • # पृथ्वी जयन्तीमा विदा दिएकोमा लिङ्देनले दिए सरकारलाइ धन्यवाद
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend