असोज ३० गते २०८३ || October 16, 2026

अब माघ ५ गते प्रतिनिधिसभाको बैठक बस्ने, सोही दिन सभामुखको निर्वाचन पनि हुने


पिपल अनलाइन
मंगलबार, पुस २६ २०७९०६:०५

अब माघ ५ गते प्रतिनिधिसभाको बैठक बस्ने, सोही दिन सभामुखको निर्वाचन पनि हुने

 काठमाण्डौँ - प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट बहुमतले विश्वासको मत पाएसँगै संसदको बैठक माघ ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बैठक आगामी ५ गते बिहीबार ११ गते बस्ने जानकारी दिएका हुन् । साथै, उक्त दिन सभामुखको चुनाव पनि हुने भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले मंगलबार चुनावको मिति घोषणा गरेका हुन् । 


  • सम्बन्धित विषय:

  • # अब माघ ५ गते प्रतिनिधिसभाको बैठक बस्ने, सोही दिन सभामुखको निर्वाचन पनि हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend