असोज ३० गते २०८३ || October 16, 2026

पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा


पिपल अनलाइन
बुधबार, पुस २७ २०७९०७:०२

पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

 काठमाण्डौँ - सरकारले पृथ्वी जयन्तीको अवसरमा २७ पुस आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सत्ता साझेदार दल राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो । पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई उसले प्रमुख शर्तका रूपमै अघि सारेको थियो ।

सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको स्वागत गरेको छ । उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास राप्रपातको छ । 


  • सम्बन्धित विषय:

  • # पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend