असोज ३० गते २०८३ || October 16, 2026

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्माले आज दाबी पेश गर्ने


पिपल अनलाइन
बुधबार, पुस २७ २०७९१२:३५

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्माले आज दाबी पेश गर्ने

कर्णाली - कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका संसदीय दल नेता राजकुमार शर्माले दाबी पेश गर्ने भएका छन्। प्रदेश प्रमुखको कार्यालयले तोकेको समय ५ बजेभित्र माओवादीको तर्फबाट शर्माले दाबी पेश गर्नेछन् । प्रदेश प्रमुखको कार्यालयले पुस २१ गते संविधानको धारा १६८ २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि २७ गते ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेको थियो ।

कर्णाली प्रदेश सभामा सहभागी पाँच दलमध्ये संविधानको धारा १ बमोजिम एकलौटी सरकार बनाउनेगरी कुनैको पनि बहुमत आएको छैन। केन्द्रको समीकरणअनुसार आज कर्णाली प्रदेशले नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार पाउने भएको छ ।


  • सम्बन्धित विषय:

  • # कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्माले आज दाबी पेश गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend