कात्तिक १ गते २०८३ || October 17, 2026

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, पुस २९ मा शपथ


पिपल अनलाइन
बुधबार, पुस २७ २०७९०२:१५

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, पुस २९ मा शपथ

जनकपुरधाम - मधेस प्रदेशमा मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । ६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनको शपथ पुस २९ मा हुने भएको छ ।

मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन् । प्रदेशका निवर्तमान सभामुखसमेत रहेका यादव बारा १ २ बाट निर्वाचित भएका हुन् ।


  • सम्बन्धित विषय:

  • # मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, पुस २९ मा शपथ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend