असोज ३० गते २०८३ || October 16, 2026

उपप्रधानमन्त्री लामिछानेले भने__'फरार सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको छु' 


पिपल अनलाइन
बुधबार, पुस २७ २०७९०५:०२

उपप्रधानमन्त्री लामिछानेले भने__'फरार सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको छु' 

काठमाण्डौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताए । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका हुन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदा सांसद महतो प्रतिनिधिसभा बैठकमा सहभागी भई प्रधानमन्त्रीको पक्षमा मत दिएका थिए ।


  • सम्बन्धित विषय:

  • # उपप्रधानमन्त्री लामिछानेले भने__'फरार सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको छु'
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend