असोज २९ गते २०८३ || October 15, 2026

नेपाली कांग्रेस : नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दलमा गुरुङ नियुक्त


बुधबार, चैत ९ २०७८०७:३२

नेपाली कांग्रेस : नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दलमा गुरुङ नियुक्त

काठमाडौं - नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा नियुक्त हुनुभएको छ।पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुसार शेर्पालाई नेविसंघ केन्द्रीय दतर्थ कार्यसमितिको अध्यक्ष नियुक्त गर्नुभएको हो।

काँग्रेस पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबार नै प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गर्नुभएको छ।नेविसंघ तदर्थ कार्यसमिति अध्यक्ष शेर्पा काठमाडौं र तरुण दल अध्इक्ष गुरुङ पर्वतका हुनुुहुन्छ।

सभापति देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त भएका नेपाली कांग्रेसका भ्रातृ संघका अध्यक्षमा शेर्पा र गुरुङ नियुक्त हुनुभएको मुख्यसचिव पौडेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ।


  • सम्बन्धित विषय:

  • # राजनीति
  • # तरुण–दल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend