असोज ३० गते २०८३ || October 16, 2026

कांग्रेसको मतले सत्ता गठबन्धनमा सशंय


पिपल अनलाइन
बिहीबार , पुस २८ २०७९०७:३१

कांग्रेसको मतले सत्ता गठबन्धनमा सशंय

काठमाण्डौँ - पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय शासन व्यवस्थामा बहुमतको सरकार र अल्पमतको संसद् हुने बताउँदै आएका छन्। तर नेपालको संसदीय शासन व्यवस्थामा यो मान्यता स्थापित भएको देखिँदैन । २०५१ सालको मध्यावधि निर्वाचनपछि प्रतिनिधिसभामा ठूलो दल बनेको एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वमा सरकार बन्यो । अधिकारी नेतृत्वको सरकारलाई २०५१ पुस ७ गते दोस्रो ठूलो दल कांग्रेसले विश्वासको मत दियो। विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्यो ।

त्यसको २८ वर्षपछि फेरि प्रतिनिधिसभाको ठूलो दल कांग्रेसले दोस्रो ठुलो दल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर विपक्षमा बस्ने निर्णय गरेको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले सत्ता साझेदार दलहरूबीच अविश्वास बढाउने काम गरेको छ ।

पार्टीभित्रको आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा २०५१ सालमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनमा गएको कांग्रेस चुनावमा दोस्रो दल बन्न पुग्यो भारी बहुमतसहित नयाँ सरकारको नेतृत्व गर्ने आकांक्षासहित निर्वाचनमा होमिएको कांग्रेसले नयाँ सरकार गठन गर्ने अवस्थासमेत आएन । संसद्को पहिलो दलको हैसियतमा तत्कालीन एमाले अध्यक्ष अधिकारी नेतृत्वमा सरकार बन्यो । यो समाचार नागरिक दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # कांग्रेसको मतले सत्ता गठबन्धनमा सशंय
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend