असोज २९ गते २०८३ || October 15, 2026

आगामी चुनाबमा देशभरमा पहिलो पार्टी बन्ने एमालेको निष्कर्ष


बुधबार, चैत ९ २०७८०७:४०

आगामी चुनाबमा देशभरमा  पहिलो पार्टी बन्ने एमालेको निष्कर्ष

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका छन्। अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशनदेखि हालसम्म पछिल्लो समय भइरहेको राजनीतिक परिवर्तनसहितको प्रतिवेदन प्रस्तुत  गरेका थिए।

एमाले केन्द्रीय कमिटीको बुधबारको बैठकमा सातै प्रदेश कमिटीका अध्यक्षहरुले पार्टीको सांगठानिक, राजनीतिक, शक्ति सन्तुलनको स्थिति, पार्टी प्रवेशीको स्थिति लगायतका विषयमा रिपोर्टिङ प्रस्ततु गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

प्रदेश नम्बर १ को तर्फबाट तुलसी न्यौपाने, मधेश प्रदेशबाट रामअवतार यादव, बागमतीबाट केशव पाण्डे, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट विनोदकुमार साह र सुदूरपश्चिमबाट दामोदर भण्डारीले प्रदेशको रिपोर्टिङ प्रस्तुत गरिएको  उनले बताए ।

बैठकमा महासचिवले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेको र विभागहरु थप गर्नुपर्ने विषय उठेको छ । यससँगै स्थानीय तहको चुनावका लागि उम्मेदवारको मापदण्ड, घोषणापत्र, पार्टी स्थापना दिवस लगायतका विषयमा छलफल भएको छ ।

७७ मध्ये तीन जिल्लाबाहेक सबैको रिपोर्टिङ भएको भन्दै उनले मधेश प्रदेशमा भने राजनीतिक अस्थिरताका कारण शक्ति सन्तुलनको विषय टुंगो लगाउन नसकिएको बताए। यसैगरी, देशभरमा एमाले पहिलो, काँग्रेस दोस्रो र अन्य पार्टीहरु तेस्रो लगायतका स्थानमा रहेको निष्कर्श निकालेको उनले बताए।


  • सम्बन्धित विषय:

  • # एमाले


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend