असोज ३० गते २०८३ || October 16, 2026

बागमती प्रदेशको सभामुखमा ३ सदस्य रहेको नेमकिपाकी सायजुको उम्मेदवारी


पिपल अनलाइन
बिहीबार , पुस २८ २०७९०१:५०

बागमती प्रदेशको सभामुखमा ३ सदस्य रहेको नेमकिपाकी सायजुको उम्मेदवारी

 हेटौडा - बागमती प्रदेशको सभामुख पदका लागि नेमकिपाकी सांसद् सृजना सायजुले मनोनयन दर्ता गरेकी छन् । बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर सायजुले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् । ११० सदस्यीय बागमति प्रदेश सभामा नेमकिपाका मात्र ३ सदस्य छन् । उनको प्रस्तावकमा सुरेन्द्रराज गोर्साइ र समर्थकमा गीता काफ्ले रहेकी छन् । 

उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ७ को उपनियम ९२० बमोजिम मनोनयन दर्ता गरेकी हुन । उनी भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनियकी हुन् ।


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेशको सभामुखमा ३ सदस्य रहेको नेमकिपाकी सायजुको उम्मेदवारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend