कात्तिक १ गते २०८३ || October 17, 2026

प्रदेश नं १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित


पिपल अनलाइन
बिहीबार , पुस २८ २०७९०१:५४

प्रदेश नं १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

विराटनगर - प्रदेश नं १ को सभामुखमा प्रदेशसभा सदस्य बाबुराम गौतम आज निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाको प्रथम अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा नियमावली, २०७४ पहिलो संशोधन समेतको नियम ७ बमोजिम सभामुखमा गौतम निर्वाचित भएको सभाध्यक्ष गयानन्द मण्डलले जानकारी गरे ।
    
सभामुख पदका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो भने उनको प्रस्तावकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी तथा समर्थकमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, गोपालबहादुर विश्वकर्मा र कमलप्रसाद जवेगु थिए ।
    
यसैगरी सभामुख र उपसभामुखको शपथ ग्रहणसम्बन्धी अनुसूची–२ मा भएको प्राविधिक त्रुटी सच्याउन प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ पहिलो संशोधन समेतको नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश सर्वसम्मतिले अनुमोदन भएको छ । प्रदेश सभाको अर्को बैठक आजै अपराह्न २ बजे बस्ने छ ।


  • सम्बन्धित विषय:

  • # प्रदेश नं १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend