असोज ३० गते २०८३ || October 16, 2026

गृह मन्त्रालयद्वारा  १७ डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)


पिपल अनलाइन
बिहीबार , पुस २८ २०७९०३:०५

गृह मन्त्रालयद्वारा  १७ डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)

 काठमाडौँ - गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक डीआईजीको सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबारको निर्णयअनुसार उनीहरुको काज सरुवा गरेको हो । 

मन्त्रालयका अनुसार डीआईजीहरु नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, मसाउद आलम खाँ, बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी र सुदीप गिरिको सरुवा भएको छ । 

यसैगरी भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ  र दुर्गा सिंहको पनि काज सरुवा भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । गृह मन्त्रालयाम रवि लामिछाने आएपछि प्रहरी उच्च अधिकारीको सरुवा भएको यो पहिलो निर्णय हो । 


  • सम्बन्धित विषय:

  • # गृह मन्त्रालयद्वारा  १७ डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend