असोज ३० गते २०८३ || October 16, 2026

सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालतको आदेश


पिपल अनलाइन
शुक्रबार, पुस २९ २०७९०७:०१

सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालतको आदेश

 काठमाण्डौँ - बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता रोजकृष्ण घिमिरेले अदालतले धरौटीमा छोड्न आदेश दिएको र शुक्रवार धरौटी राखेर सन्दीप निस्किने बताए । यसअघि गएको कात्तिक १८ गते काठमाण्डौ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । आदेशविरुद्ध सन्दीपका वकिलले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।


  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालतको आदेश
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend