असोज ३० गते २०८३ || October 16, 2026

अख्तियारका तत्कालीन आयुक्त पाठक भ्रष्टाचारी ठहर


पिपल अनलाइन
शुक्रबार, पुस २९ २०७९०७:०९

अख्तियारका तत्कालीन आयुक्त पाठक भ्रष्टाचारी ठहर

 काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । विशेषले पाठकलाई ३ वर्ष ३ महिना कैदको फैसला सुनाएको अख्तियारले जनाएको छ ।

त्यस्तै, नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई पनि विशेषले ३ वर्ष कैदको फैसला सुनाएको छ। विशेषले तत्कालीन आयुक्त पाठक र न्यौपानेलाई जनही ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

तत्कालीन आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए । लगत्तै उनले राजीनामा दिएका थिए ।


  • सम्बन्धित विषय:

  • # अख्तियारका तत्कालीन आयुक्त पाठक भ्रष्टाचारी ठहर
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend