असोज ३० गते २०८३ || October 16, 2026

गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


बुधबार, चैत ९ २०७८०७:४७

गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं - काठमाडौंको चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। ना १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो। उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेको प्रवक्ता मैनालीको भनाइ छ।

मृतक नागार्जुन नगरपालिका बस्ने समीर गिरीको पहिचान खुलेको छ। अर्को एक जनाको भने पहिचान खुल्न सकेको छैन। ठक्कर दिएपछि मोटरसाइकल भीरबाट करिब २५ मिटर तल खसेको छ। सुमो चालक सिमरा उपमहानगरपालिका–६ का सन्जय खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


  • सम्बन्धित विषय:

  • # गाडी
  • # समाचार


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend