असोज ३० गते २०८३ || October 16, 2026

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन ३ माघमा हुने 


पिपल अनलाइन
शुक्रबार, पुस २९ २०७९१२:१२

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन ३ माघमा हुने 

काठमाण्डौँ - लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गरी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुन लागेको हो । संविधानको धारा १८२ को उपधारा र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो ।

त्यसका लागि २ पुसको दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सोही दिन साढे ५ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ भने ३ माघमा दिउँसो १ बजे मतदान हुनेछ ।


  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन ३ माघमा हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend