असोज ३० गते २०८३ || October 16, 2026

बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित


शुक्रबार, पुस २९ २०७९०३:०३

बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित

 हेटौडा - बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तर्फबाट उम्मेदवार बनेका पाठक सभामुख पदमा निर्वाचित भएका हुन् । उनले ६२ मत प्राप्त गरेको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिए । 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शिवराज अधिकारीले ३६ मत प्राप्त गर्नुभएको थियो भने नेपाल मजदुर किसान पार्टी नेमकिपाकी सिर्जना सैजुले तीन मत प्राप्त गरेका थिए । बैठकमा कूल एक सय १० जना सदस्यमध्ये एक सय नौ जना सदस्य उपस्थित रहेका थिए ।


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend