असोज ३० गते २०८३ || October 16, 2026

एकीकृत समाजवादीमा प्रवेश गरे घनश्याम भुसाल


पिपल अनलाइन
शुक्रबार, पुस २९ २०७९०३:४२

एकीकृत समाजवादीमा प्रवेश गरे घनश्याम भुसाल

काठमाण्डौँ - नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका वामपन्थी नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिष्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताएका छन् । एकीकृत समाजवादीमा प्रवेशका लागि आयोजित कार्यक्रममा सम्बोधन गर्दै भुसालले एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गरे ।

‘एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत एकीकृत समाजवादीसँगै छ । अब ओलीवादले धराशायी बनाएको कम्युनिष्ट आन्दोलन समाजवादीले नै अघि बढाउँछ,’ भुसालले भने । एमालेले संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवादलाई ध्वस्त बनाएको भुसालले बताए ।


  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादीमा प्रवेश गरे घनश्याम भुसाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend