कात्तिक १ गते २०८३ || October 17, 2026

नेता पौडेलले आसन्न निर्वाचनमा पार्टीले लिनुपर्ने रणनीतिबारे जिल्ला सभापतिहरूसँग छलफल गर्ने


बिहीबार , चैत १० २०७८०७:१९

नेता  पौडेलले आसन्न निर्वाचनमा पार्टीले लिनुपर्ने रणनीतिबारे जिल्ला सभापतिहरूसँग छलफल गर्ने

काठमाडौं - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आसन्न निर्वाचनमा पार्टीले लिनुपर्ने रणनीतिबारे जिल्ला सभापतिहरूसँग छलफल गर्ने भएका छन् । १४ औं महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नभएका नेता पौडेलले साविक संस्थापनइतर समूहबाट निर्वाचित भएका जिल्ला सभापतिहरूलाई छलफलका लागि आमन्त्रण गरेका छन् ।

शुक्रबार बिहान बोलाइएको छलफलमा महाधिवेशनपछिको अवस्था, स्थानीय निर्वाचन र सम्भावित तालमेलबारे छलफल हुने बताइएको छ । ‘१४ औं महाधिवेशनमा हामीसँग नजिक रहनुभएका जिल्ला सभापतिहरूलाई बोलाएर समसामयिक विषयमा छलफल गर्न खोज्नुभएको हो । सभापतिहरुको रायअनुसार केन्द्रीय समितिमा प्रस्तुत हुने तयारी छ’, पौडेलनिकट एक नेताले भने ।

कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ । १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार बन्न नसकेपछि पौडेल तटस्थ रहेका थिए । सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजकसमेत रहेका पौडेल आसन्न निर्वाचनमा चुनावी तालमेल गर्नुपर्ने पक्षमा छन् ।


  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend