असोज ३० गते २०८३ || October 16, 2026

चैत ५ गते स्ववियु चुनाव गर्न मातहतका क्याम्पसलाई त्रिविको निर्देशन


पिपल अनलाइन
शनिबार, पुस ३० २०७९०७:०६

चैत ५ गते स्ववियु चुनाव गर्न मातहतका क्याम्पसलाई त्रिविको निर्देशन

काठमाण्डौँ - त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविको रजिस्ट्रार कार्यालयले आङ्गिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा चुनाव गराउनको लागि विद्यार्थी भर्ना, लगत सङ्कलन, परीक्षालगायतको तयारी गर्न पनि भनेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्लालेन्डरमा फागुन १४ मा स्ववियु चुनाव गर्ने उल्लेख भए पनि परीक्षा, विद्यार्थी भर्नालगायतका काम प्रभावित हुने भएकाले चैत पहिलो हप्ताको लागि चुनावको मिति तोकिएको हो । त्रिभुवन विश्वविद्यालयमा ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । 


  • सम्बन्धित विषय:

  • # चैत ५ गते स्ववियु चुनाव गर्न मातहतका क्याम्पसलाई त्रिविको निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend