असोज ३० गते २०८३ || October 16, 2026

दिलीप हत्या प्रकरण : सरकार गुहार्दै परिवार


पिपल अनलाइन
शनिबार, पुस ३० २०७९०७:१६

दिलीप हत्या प्रकरण : सरकार गुहार्दै परिवार

काठमाण्डौँ - २०७६ पुस २५ गते बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा ओमप्रकाश महतो ‘दिलीप’ को हत्या भयो। त्यो घटना सम्झिँदा अहिले पनि यहाँका स्थानीयको मन सिरिंग हुन्छ। तर छोराका हत्यारालाई सजाय र परिवारलाई न्यायका लागि संघर्ष गरिरहेका रामजीवन आजित भैसकेका छन् । कारण १८ पटक पेशी चढेको दिलीप हत्या सम्बन्धी मुद्दा ९ पटक स्थगित भैसकेको छ । छिटो न्याय दिलाएर परिवारलाई राहत उपलब्ध गराउन भन्दै शुक्रबार महतो परिवार उपप्रधान एवं गृहमन्त्री रबी लामिछानेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

जिल्ला आदालत धनुषाले मुद्दा सुनवाइमा ढिलाई गरेको, खोलाको अबैध उत्खन्न नरोकिएको भन्दै दिलीप महतोकी आमा चन्द्रकला देवी महतो, बुबा रामजीवन महतो, दिदीबहिनी सविता, लक्ष्मीले गृहमन्त्रीलाई पाँच बुँदे ज्ञापन पत्र बुझाएका छन् । दिलीप महतोलाई नेपालको पहिलो पर्यावरण शहीद घोषणा गर्नु पर्ने, घटनाका दोषीलाई कानूनी कारबाही हुनुपर्ने, घटनाको छानविन गर्न उच्चस्तरीय न्यायीक छानविन समिति गठन गर्नुपर्ने, अबैध खोला उत्खन्न तथा क्रसर बन्द गरिनु पर्ने, चुरे संरक्षण गर्न ऐन बनाउनु पर्ने र पीडित परिवारलाई क्षतिपुर्ती दिनु पर्ने माग पीडित परिवारको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लामिछाने पीडित परिवारका माग पूरा गराउने आश्वासन दिएका छन्। ‘अदालतमा मुद्दा चलिरहेको छ। अदालतले न्याय दिन्छ भनेर विश्वास गर्नुस् गृहमन्त्री लामिछानेको भनाइ उद्धृत गर्दै रामजीवनले नागरिकसँग भने,‘घटनाका दोषीलाई कानूनी कारबाही गर्न तत्काल काम थाल्छु। अवैध क्रसर बन्द गर्न निर्देशन दिइसकेको छु। काम भइरहेको छ।’   यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ । 


  • सम्बन्धित विषय:

  • # दिलीप हत्या प्रकरण : सरकार गुहार्दै परिवार
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend