असोज ३० गते २०८३ || October 16, 2026

'आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ' : प्रधानमन्त्री प्रचण्ड


पिपल अनलाइन
आइतबार, माघ १ २०७९०८:०३

'आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ' : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताधारी सात दलबीच कुनै असमझदारी नरहेको बताउँदै आज साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने र सोमबारको मन्त्रिपरिषद् बैठक पूर्णरूपमा बस्ने तयारी गरेको बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘सबै काम सोजेजस्तै मात्र होइन, सोचेभन्दा बढी भएको छ, सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि वर्तमान मलाई समर्थन गरेको छ, स्थायीत्वमा कसैले आशंका नगरे हुन्छ ।’

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । विश्वासको मत पाएपछि जिम्मेवारी तोक्ने भनिएकोमा अब मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सबैको जिम्मेवारीसहित नियुक्त हुने उनले बताए । 

नेपाली कांग्रेससँग सहकार्य गर्दै निर्वाचन लडेका प्रचण्डको दल नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री, राष्ट्रपति, सभामुखजस्ता कुनै पनि पद नदिने भएपछि हतार–हतार नेकपा एमालेसँग सहकार्य गर्दै प्रधानमन्त्री भएका हुन् । 


  • सम्बन्धित विषय:

  • # 'आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ' : प्रधानमन्त्री प्रचण्ड
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend