असोज ३० गते २०८३ || October 16, 2026

६८ जना यात्रु बोकेको यतीको विमान पोखरामा दुर्घटनाग्रस्त


पिपल अनलाइन
आइतबार, माघ १ २०७९११:४९

६८ जना यात्रु बोकेको यतीको विमान पोखरामा दुर्घटनाग्रस्त

काठमाडौँ - काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी गराए ।

 


  • सम्बन्धित विषय:

  • # ६८ जना यात्रु बोकेको यतीको विमान पोखरामा दुर्घटनाग्रस्त
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend