असोज ३० गते २०८३ || October 16, 2026

विमान दुर्घटनाको प्रभावकारी उद्धार गर्न एमाले अध्यक्ष ओलीको आग्रह


पिपल अनलाइन
आइतबार, माघ १ २०७९०१:३०

विमान दुर्घटनाको प्रभावकारी उद्धार गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स जहाज दुर्घटनाप्रति दुस्ख व्यक्त गरेका छन् ।
उनले प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको थियो ।

यो खबरले अत्यन्त दुःखी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’


  • सम्बन्धित विषय:

  • # विमान दुर्घटनाको प्रभावकारी उद्धार गर्न एमाले अध्यक्ष ओलीको आग्रह
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend