असोज ३० गते २०८३ || October 16, 2026

पोखरा विमानस्थलका अन्य सबै उडान बन्द 


पिपल अनलाइन
आइतबार, माघ १ २०७९०२:२८

पोखरा विमानस्थलका अन्य सबै उडान बन्द 

काठमाडौँ - विमान दुर्घटनामा परेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजका लागि सबै उडानहरु स्थगित गरिएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरा विमानस्थलका सबै फायर भेइकल उद्धारका लागि पठाएका कारण आज पोखराका लागि निर्धारित गरिएका सबै उडानहरु रद्ध गरिएको जानकारी दिए । 

आज बिहान १०:२५ मा काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पोखराको सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो। 


  • सम्बन्धित विषय:

  • # पोखरा विमानस्थलका अन्य सबै उडान बन्द
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend