असोज ३० गते २०८३ || October 16, 2026

 पोखरा विमान दुर्घटना : आगो निभाउनै तीन घण्टा लाग्यो, उद्धारको काम चल्दै


पिपल अनलाइन
आइतबार, माघ १ २०७९०२:३८

 पोखरा विमान दुर्घटना : आगो निभाउनै तीन घण्टा लाग्यो, उद्धारको काम चल्दै

काठमाण्डौँ - पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा उद्धारको काम भइरहेको छ । अप्ठ्यारो खोँच र मान्छेको भिडले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । समयमै दमकल पुग्न नसक्दा आगो निभाउन नै झन्डै तीन घण्टा लागेको छ ।

पोखराको पृथ्वी चोकबाट सेती नदीको किनार रहेको बाटोका साथै बुद्ध चोकबाट आगो निभाउनका जाने दमकल एवम् पानीका ट्याङ्कर पुर्‍याउनसमेत समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । भिडभाडका कारण दुर्घटनास्थलमा मोबाइल सम्पर्क पनि असहज बनेको छ । अहिले आगो निभाइएको र खोजी तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # पोखरा विमान दुर्घटना : आगो निभाउनै तीन घण्टा लाग्यो, उद्धारको काम चल्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend