असोज ३० गते २०८३ || October 16, 2026

कर्णाली प्रदेशको सभामुखमा एमालेकी गुरुङ विजयी


पिपल अनलाइन
आइतबार, माघ १ २०७९०२:४५

कर्णाली प्रदेशको सभामुखमा एमालेकी गुरुङ विजयी

काठमाण्डौँ - कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी सांसद नन्दा गुरुङ विजयी भएकी छिन् । आइतवार भएको मतदानमा गुरुङले २४ मत प्राप्त गरिन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरेका प्रदेश सभा सचिवालयले जनाएको छ । एमालेकी गुरुङलाई एमालेको १०, नेकपा माओवादी केन्द्रको १३ र राप्रपाको एक मत प्राप्त भएको छ ।

४० सदस्यीय प्रदेश सभामा ३८ जनाले मतदानमा भाग लिएका थिए । सुर्खेतकी गुरुङ समानुपातिक कोटाबाट सांसद बन्नुभएको हो । सत्तारूढ गठबन्धनको केन्द्रीय समीकरणले कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो ।


  • सम्बन्धित विषय:

  • # कर्णाली प्रदेशको सभामुखमा एमालेकी गुरुङ विजयी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend