असोज ३० गते २०८३ || October 16, 2026

गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने प्रधानमन्त्री देउवाको जोड


बिहीबार , चैत १० २०७८०७:४३

गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने  प्रधानमन्त्री देउवाको जोड

दमौली - प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएको छ । नेपाली काँग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गरे।

प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै भन्नुभयो, “स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उहाँहरुलाई पनि उचित स्थान दिनुपर्छ ।” प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गरे ।

तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै काँग्रेसका लागि पनि तनहुँ उर्वरभूमि रहेको बताए। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको गरे। उनले सबै निर्वाचनमा तनहुँमा काँग्रेसले जित्नुपर्ने धारणा समेत राखे ।


  • सम्बन्धित विषय:

  • # देउवा
  • # गठबन्धन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend