असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री दाहाल यती एयरको दुर्घटनास्थल नजाने 


पिपल अनलाइन
आइतबार, माघ १ २०७९०३:२३

प्रधानमन्त्री दाहाल यती एयरको दुर्घटनास्थल नजाने 

माघ १, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यती एयरको दुर्घटनास्थल नजाने भएका छन् । सुरक्षाकर्मीको सुझावपछि प्रचण्ड पोखरा नजाने भएका छन् । भीआईपी मुभमेन्टले उद्धारमा समस्या हुन सक्ने भएकाले सुरक्षा निकायले प्रधानमन्त्रीलाई पोखरा नजान सुझाव दिएपछि कार्यक्रम रद्द गरिएको जनाइएको छ ।

यसअघि प्रधानमन्त्री दुर्घटनास्थल पोखरा जाने कार्यक्रम तय भएको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि प्रधानमन्त्री तथा मन्त्रीहरू दुर्घटनास्थल जाँदा उद्दार प्रभावित हुन सक्ने भएकाले कार्यक्रम रोकिएको जानकारी दिएका छन् ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल यती एयरको दुर्घटनास्थल नजाने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend