असोज ३० गते २०८३ || October 16, 2026

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन


पिपल अनलाइन
आइतबार, माघ १ २०७९०३:३२

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

काठमाण्डौँ - सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।  आज आइतवार पोखरामा भएको विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आउँदा दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । विमानहरूको प्राविधिक जाँचको अनुगमन नागरिक उड्ययन प्राधिकरणले गर्ने अर्थमन्त्री पौडेलले बताए । 


  • सम्बन्धित विषय:

  • # आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend