असोज ३० गते २०८३ || October 16, 2026

पोखरा जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि


पिपल अनलाइन
आइतबार, माघ १ २०७९०३:३५

पोखरा जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि

काठमाण्डौँ - पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ ।

’३० वटा शव निकालेर अस्पताल पुर्‍याइसकेका छौं । ३४ वटा शव खोंचमा भेटिएका छन् । निकाल्न प्रयास गरिरहेका छौं,’ केसीले भने, ‘तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको छ ।’ मृतकमध्ये ५ जनाको सनाखत भएको केसीले जानकारी दिए । अहिलेसम्म कोही पनि जीवित नभेटिएको उनले बताए । जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । दुर्घटनामा परेको जहाजमा आगो लागेको थियो। केही घन्टापछि आगो नियन्त्रणमा लिएर अहिले उद्धारको काम भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # पोखरा जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend