असोज ३० गते २०८३ || October 16, 2026

विमान दुर्घटना : चार जना अझै बेपत्ता, बिहानैदेखि खोजीमा जुट्यो सशस्त्रको गोताखोर टोली 


पिपल अनलाइन
सोमबार, माघ २ २०७९०७:२५

विमान दुर्घटना : चार जना अझै बेपत्ता, बिहानैदेखि खोजीमा जुट्यो सशस्त्रको गोताखोर टोली 

काठमाडौँ - आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये चार जना अझै बेपत्ता छन् । आइतबार साँझसम्म गरिएको खोजीमा ६८ जनाको शव फेला परेका थिए । रातको समयमा उद्धार गर्न नसकिएकाले सोमबार बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ। उनीहरुको खोजीका लागि सशस्त्रको १५ जना गोताखोरको टोली खटिएको छ । 

यस्तै पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव भने सोमबार पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ ।
काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउने तयारी गरिएको छ । उक्त एअरलाइन्समा ७२ जना सवार थिए । जसमा १५ जना विदेशी यात्रु थिए भने ५३ जना नेपाली र चार जना चालक दलका सदस्य सवार थिए ।

 


  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना : चार जना अझै बेपत्ता, बिहानैदेखि खोजीमा जुट्यो सशस्त्रको गोताखोर टोली
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend