कात्तिक १ गते २०८३ || October 17, 2026

आज शोक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने


पिपल अनलाइन
सोमबार, माघ २ २०७९०७:३४

आज शोक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाण्डौँ - पोखरामा हिजो बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रकट गर्न सरकारले आज एक दिन शोक बिदा दिइएको छ । विमान दुर्घटनापछि लगत्तै बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले मुलुकभर शोक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक उडानमा हालसम्मकै ठूलो क्षति भएको भन्दै मन्त्रिपरिषद् बैठकले शोक बिदा दिने निर्णय गरेको थियो ।  यस्तै आज राष्ट्रिय झन्डा आधा झुकाइने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । साथै हिजोकै बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग पनि गठन गरेको छ । आइतबार काठमाडौँदेखि पोखराका लागि उडेको यती एअरको विमान पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त बनेको थियो ।

जसमा १५ जना विदेशीसहित ५३ जना नेपाली यात्रु र  चार जना चालकदलका सदस्य थिए । आइतबार रातिसम्म ६८ जनाको शव निकालिसकिएको थियो । सोमबार बिहानैदेखि हराइरहेका ४ जनाको शव खोजी जारी रहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # आज शोक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend