कात्तिक १ गते २०८३ || October 17, 2026

यती एयरलाइन्सका आजका सबै उडान रद्द


पिपल अनलाइन
सोमबार, माघ २ २०७९०७:४३

यती एयरलाइन्सका आजका सबै उडान रद्द

काठमाण्डौँ - दुर्घटनाको शोकमा यती एयरलाइन्सले आज सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२ जहाज आईतबार बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो । 


  • सम्बन्धित विषय:

  • # यती एयरलाइन्सका आजका सबै उडान रद्द
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend