कात्तिक १ गते २०८३ || October 17, 2026

को हुन् पाइलट कमल केसी ?


पिपल अनलाइन
सोमबार, माघ २ २०७९०७:५८

को हुन् पाइलट कमल केसी ?

 काठमाण्डौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालीन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन् ।

उनले आफ्नो उमेरको दुई तिहाइ समय आकाशमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए । हजारौँ घण्टा आकाशमा उडे। एक पटक पनि सामान्य दुर्घटनासम्ममा नपरेका चालक केसीका लागि आइतबारको दिन जीवनकै पहिलो दुर्घटना थियो । यही नै उनको जीवनको अन्तिम र कहिल्यै फिर्ता नहुने दुर्घटनाको दिन भइदियो ।

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आइतबारको छैटौँ नम्बरको तालिकामा थियो । केसीका सहकर्मीहरूका अनुसार ३५ वर्षअघि सन् १९८८ मा नेपाल वायुसेवा निगममा सहचालकबाट चालकको करियर सुरु गरेका उनी सधैँ उड्डयन नियम अक्षरशः पालना गर्ने राम्रो पाइलट थिए । आजको राजधानी दैनिकमा समाचार छ ।


  • सम्बन्धित विषय:

  • # को हुन् पाइलट कमल केसी ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend