असोज ३० गते २०८३ || October 16, 2026

दुर्घटना चराको कारणले भएको हो त ?


पिपल अनलाइन
सोमबार, माघ २ २०७९०८:०९

दुर्घटना चराको कारणले भएको हो त ?

 पोखरा - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुभन्दा ६ महिनाअघि नै नजिकै रहेको ल्यान्डफिल साइट सार्न विज्ञले सुझाव दिइरहेका थिए । तर ल्यान्डफिलसाइट सार्ने कामले विमानस्थल उद्घाटन २०२३ जनवरी १ हुनुभन्दा एकसाता अघि मात्र पूर्णता पायो । ल्यान्डफिल साइट सारेपछि त्यहाँका चराले आहारा र बासस्थान खोजिरहेका थिए । तर सरोकारवालाले ती चराको बासस्थान र आहारालाई बेवास्ता गरेका थिए । आहारा र बासको खोजीमा भौँतारिरहेका तिनै चरासँग ठोक्किएर आइतबार यति एयरलाइन्सको जहाज दुर्घटना भएको हो कि भन्ने आशङ्का उब्जेको छ ।

हवाई क्षेत्रका एक जानकारका अनुसार कुनै पनि प्राविधिक समस्याबिना जहाज अवतरणको अन्तिम कसरतमा हुँदा दुर्घटना भएको छ । जहाजमा कुनै प्राविधिक समस्या आएको हुन्थ्यो भने त्यो पहिल्यै थाहा हुन्थ्यो । अन्तिम समयसम्म जहाज र विमानस्थल टावरबीच सहज रूपमा सञ्चार सम्पर्क भएको छ, ती जानकारले भने, ‘त्यसैले प्राविधिक समस्या आएको भन्न सकिन्न । जहाज चरासँग ठोक्किएको हुनसक्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।


  • सम्बन्धित विषय:

  • # दुर्घटना चराको कारणले भएको हो त ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend