असोज ३० गते २०८३ || October 16, 2026

यती एयरलायन्स विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाईदै


पिपल अनलाइन
सोमबार, माघ २ २०७९१२:३४

यती एयरलायन्स विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाईदै

पोखरा - पोखरामा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव केही समय पछि आफन्तलाई जिम्मा लगाइने भएको छ । केही शवको पहिचान भए पनि केहीको बाँकी रहकाले पहिचान कार्य सकिएपछि आफन्तलाई जिम्मा लगाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। भरत खत्रीले जानकारी दिए । 

पहिचान हुन बाँकी शव भने काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाउने तयारी भइरहेको उनले बताए । त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने उनले जानकारी दिए । पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकोप्टरमार्फत पठाउने तयारी गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # यती एयरलायन्स विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाईदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend