असोज ३० गते २०८३ || October 16, 2026

लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन भोलि हुने 


पिपल अनलाइन
सोमबार, माघ २ २०७९१२:३८

लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन भोलि हुने 

 दाङ - लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुखका लागि सत्ता गठबन्धनबाट उम्मेदवारको टुङ्गो लागेको छ । सत्तारुढ दलबाट सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीको भागबन्डामा परेको थियो। उनीहरू दुवैले आफ्नो उम्मेदवारहरु तयार गरेका छन् ।

भोलि माघ ३ गते हुने सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा प्रदेश सभा २ को २ बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई पठाउने निर्णय गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रजीत थारूले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन भोलि हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend